सुनचाँदी कारोबारको तेश्रो दिन सुन र चाँदीको मूल्य घट्यो

काठमाडाैं, फागुन २७ ।
सुनचाँदी कारोबारको तेश्रो दिन आज मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज ५ सय रुपैयाँले घटेको छ । सुनको ५ पाँच सय रुपैयाँले घटेर तोलाको १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँ रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर ताेलाकाे १ हजार ९ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलाको १ हजार ९ सय ८५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया