१५ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा २३ वर्षीय युवा पक्राउ

काठमाडाैं, फागुन २७ ।
ताप्लेजुङमा एउटी १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीको टोलीले आरोपित युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीकाअनुसार आरोपित युवाले नाबालिकालाई विभिन्न डर त्रास देखाएर गत कात्तिक २९ गते जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको छ ।
प्रहरीले युवाविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट ७ दिनको थुना अनुमति लिएर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले बताए ।
प्रतिक्रिया