काठमाडाैंकाे शिवपुरी जंगलमा ५८ वर्षीय महर्जन मृत अवस्थामा फेला

प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार १८:०१


काठमाडाैं, फागुन २७ ।
काठमाडौं शिवपुरी जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

तार्केश्वर नगरपालिका-६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा महर्जन मृत अवस्थमा भेटिएका हुन् ।

उनलाई आज मंगलबार तार्केश्वर नगरपालिका-३ को पाँचमाने शिवपुरी जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिएका छन् ।

उनी फागुन १० गतेदेखि हराइरहेको परिवारले बताएका छन् । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी बोहोराले बताए ।

साे घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाइएकाे जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडाैं, फागुन २८ । काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।.....

मालपोतका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडाैं, फागुन २८ । अख्तियार.....