पाकिस्तानमा आतंककारी समूहद्वारा यात्रुबाहक ट्रेन अपहरण, १८२ यात्रु बन्धक, २० सैनिककाे मृत्यु

प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार २१:४३


एजेन्सी, फागुन २७ ।
पाकिस्तानको बलुचिस्तान प्रान्तमा आतंककारी समूहले एक यात्रुबाहक ट्रेन अपहरण गरेकाे छ ।

क्वेटाबाट खैबर पख्तुनख्वा जाँदै गरेको जाफर एक्सप्रेसलाई नियन्त्रणमा लिँदै आतङ्ककारीहरूले १ सय ८२ जना यात्रुहरूलाई बन्धक बनाएका छन् । साेही क्रममा भएको गोली हानाहानमा परी २० जना सैनिकको मृत्यु भएको छ भने ट्रेन चालक गम्भीर घाइते भएका छन् ।

आज मंगलबार दक्षिण-पश्चिमी पाकिस्तानको बलुचिस्तान क्षेत्रमा आतंककारीहरूद्वारा ट्रेनमा आक्रमण गरिएको थियो । पाकिस्तानी अधिकारीहरूकाअनुसार, हतियारधारी समूहले ट्रेन रोकेर त्यसमा गोलीबारी गरेका थिए । घटनास्थलमा भएको भिडन्तमा ट्रेन चालक गम्भीर रूपमा घाइते भएका छन् ।

बलुचिस्तान प्रान्तको स्वतन्त्रता माग गर्दै आएको उग्रवादी समूह बलुच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको जिम्मेवारी लिएको छ । बीएलएले १ सय ८२ जना यात्रुहरूलाई बन्धक बनाएको दाबी गर्दै सुरक्षा बलहरू नहटाए उनीहरूको हत्या गर्ने चेतावनीसमेत दिएको छ ।

पाकिस्तानी अधिकारीहरूले घटनास्थलमा थप सुरक्षा बल परिचालन गरिएको जानकारी दिएका छन् । बलुचिस्तानको सिबी अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । घटनास्थल पहाडी क्षेत्र भएकाले सुरक्षा बलहरूलाई त्यहाँ पुग्न समस्या उत्पन्न भइरहेको छ ।

रेल-वे नियन्त्रण कक्षकाअनुसार, ट्रेनमा करिब ४ सय ५० जना यात्रुहरू सवार थिए । ट्रेनलाई सुरुङ नम्बर ८ मा रोकेर आतङ्ककारीहरूले नियन्त्रणमा लिएका थिए । रेल-वे प्रशासन यात्रुहरू र कर्मचारीहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ ।

बलुचिस्तान पाकिस्तानको प्राकृतिक श्राेतहरूले भरिपूर्ण क्षेत्र भए तापनि यहाँ लामो समयदेखि हिंसात्मक गतिविधिहरू जारी छन् । अलगाववादी समूहहरूले निरन्तर सरकारी सुरक्षा बलहरूमाथि आक्रमण गर्दै आएका छन् । पछिल्ला केही वर्षमा यहाँ भएका हमलाहरूले पाकिस्तानको सुरक्षा व्यवस्थालाई गम्भीर चुनौती दिएका छन् ।

सरकारले नागरिकलाई अफवाहमा विश्वास नगर्न आग्रह गर्दै घटनाको छानबिन अघि बढाइसकेको जनाएको छ । बलुचिस्तान सरकारले आपत्कालीन सुरक्षा उपायहरू अवलम्बन गर्दै सम्पूर्ण सुरक्षा संयन्त्रलाई सतर्क अवस्थामा राखेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडाैं, फागुन २८ । काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।.....

मालपोतका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडाैं, फागुन २८ । अख्तियार.....