बिहीबार संसद बैठक बस्दै, कांग्रेस र राजपाबीच छलफल

काठमाडौं, जेठ ३ ।
नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का नेताबीच छलफल हुँदैछ । संविधान संशोधन प्रक्रिया सुरु गर्नुअघि बिहीबार संसद बैठक बस्ने भएकाले आज कांग्रेस संसदीय कार्यालय सिंहदरबारमा छलफल गर्न लागेका हुन् ।
सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले बिहीबारको संसद बैठकबाट संविधान संसोधन गरी राजपाले उठाएका माग सम्बोधन गर्ने र उनीहरूलाई पनि दोस्रो तहको स्थानीय तह निर्वाचनमा सहभागि गराउने बताएका थिए ।
छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायत शिर्ष नेताहरू सिंहदरबार पुगिसकेका छन् भने राजपाका शिर्ष नेताहरू सिंहदरबार जाँदैछन् ।
प्रतिक्रिया