स्थानीय तह निर्वाचन : एमालेको अग्रता कायमै, ललितपुरमा चिरी र हरिबीच कडा प्रतिस्पर्धा

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहीबार १०:०१


काठमाडौं, जेठ ४ ।
देशको चार वटा महानगरपालिकामध्ये तीन वटामा नेकपा (एमाले)का उम्मेदवारहरू स्पष्ट रूपमा अगाडि देखिएका छन् ।

यसैबीच, ललितपुर महानगरपालिकाको प्रमुख पदमा भने नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारहरूबीच अघिपछि हुने क्रम अझै जारी नै रहेको छ । ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसकातर्फबाट चिरीबाबु महर्जनले अहिलेसम्म ९ हजार ४ सय ३२ मतसहित अगाडि छन् भने एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ९ हजार २ सय ७८ मतसहित दोश्रो स्थानमा रहेका छन् ।

त्यसैगरी, पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य ७ हजार १ सय ३६ मतसहित अग्रस्थानमा नै कायम रहेका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ५ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।

उता, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीले ६ हजार ८ सय मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रकी रेणु दाहालले भने ५ हजार ८९ मत प्राप्त गरेकी छन् ।

यसैगरी पोखरा महानगरपालिकामा पनि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । त्यहाँका कांग्रेस उम्मेदवार रामजी कुँवरले ९ हजार १ सय ८६ मत प्राप्त गर्दा एमाले उम्मेदवार मानबहादुर जिसीले ८ हजार ८ सय २९ मत ल्याएका छन् । मतगणना जारी नै रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....