एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको विजयी

भक्तपुर, जेठ ४ ।
सूर्यविनायक नगरपालिका वडा नं २ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासस्थल बालकोटमा १७ मतको अन्तरले वडाध्यक्षसहित नेपाली कांग्रेसको जित भएको छ ।
उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कमलनाथ आचार्य विजयी भएको हो । उनले एक हजार तीन सय ८५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबि श्रेष्ठले एक हजार तीन सय ६८ मत ल्याएका थिए ।
त्यसैगरी, महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित महिला सदस्यमा मुना परियार, सदस्यमा सुवास कुमार कार्की कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् भने अर्का सदस्यमा एमालेका उम्मेदवार विश्वराज विष्ट विजयी भएका छन् ।
प्रतिक्रिया