नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सानेपामा

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहीबार १२:००


काठमाडौं, जेठ ४ ।
नेपाली कांग्रेसका शीर्ष नेताहरूको आकस्मिक बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको छ । मुलुकको पछिल्लो राजनीतिकि गतिविधिका बारेमा छलफल गर्न बैठक सुरु गरिएको छ ।

बैठकमा चालु अधिवेशन अन्त्य, स्थानीय तहको निर्वाचन, महाभियोग प्रस्ताव, प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा, कांग्रेस नेतृत्वमा नयाँ सरकार, संविधान संशोधन लगायतका विषयमा पनि छलफल हुने सक्ने बुझिएको छ ।

संसदको बैठक आजै तीन बजे बस्दै छ । नेकपा एमालेले सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने अन्यथा सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।

एमालेको चेतावनीका कारण संसदको बैठक सूचना टाँस गरेर चालु अधिवेशन नै अन्त्य गर्ने विषयमा पनि सत्तारुढ दलहरूले यसअघि छलफल चलाइ सकेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....