संविधान संशोधन प्रक्रिया टुंगो नलागेसम्म प्रम दाहालले राजीनामा नदिने

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहीबार १७:०५


काठमाडौं, जेठ ४ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ अर्थात आज राजीनामा दिने बताए ता पनि आवको व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्रीले राजीनामा नदिने भएका छन् ।

संसद सचिवालयकाअनुसार उनले आज संसद बैठकमा सम्बोधन समेत गर्ने कार्य तालिका छैन । तराई केन्द्रित दलहरूले संविधान संशसोधन नगरि दोस्रो चरणको निर्वाचन हुन नसक्ने प्रतिक्रिया दिइरहेका दाहालले तत्काल राजीनामा दिन उपयुक्त नठानेका हुन् ।

पहिलो चरणको निर्वाचन सफतापुर्वक सम्पन्न भएपनि मतपरिणाम आइनसकेको अवस्थामा तत्काल राजीनामा नदिने मनस्थितिमा पुगेका दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरि उपयुक्त समय पर्खेका हुन् ।

पहिलो चरणको निर्वाचनको परिणाम आईरहेको, संविधान संशोधन प्रक्रिया टुंगो नलागेको र राजीनामा दिँदा बजेट निमार्ण प्रक्रिया समेत प्रभावित हुन सक्ने भएकाले दाहालको राजीनामा तत्काल उपयुक्त नहुने निश्कर्ष निकालिएको छ ।

‘देउवालाई सत्ता हस्तान्तरण गर्ने पूर्व सहमती कायमै छ । उपयुक्त अवस्थामा जुनसुकै बेला राजीनामा आउन सक्छ’ माओवादीका एक नेताले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....