का.म.पा.को नयाँ मत परिणाम सार्वजनिक को अगाडि ?

काठमाडौं, जेठ ४ ।
स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक गरिएको छ । जसअन्तर्गत नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।
एमालेका महानगर प्रमुख पदका उम्मेदवार विद्यासुन्दर शाक्यले अहिलेसम्म उनले ५९८२ मत प्राप्त गरिसकेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार राजुराज जोशी भन्दा २१ सय ४१ मतले अगाडि छन् । जोशीको अहिलेसम्म प्राप्त मत ३८४१ पुगेका छन् ।
त्यसैगरी, विवेकशील पार्टीबाट प्रमुखमा उम्मेदवार दिएकी रञ्जु दर्शना २४ सय २८ मतसहित तेश्रो स्थानमा छिन् भने चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले १८ सय ४९ मत ल्याएका छन् ।
उपप्रमुख पदमा कांग्रेसले ५ हजार १ सय ८३ मतसहित अग्रता लिएको छ भने राप्रपा ३ हजार २ सय ८५ मतसहित दोश्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया