रुकुम पश्चिम जीप दुर्घटना : मृत्यु हुने पाँच जनाकाे पहिचान

प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार १८:३०


काठमाडाैं, जेठ ११ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जनाको पहिचान खुलेको छ ।

आज बिहीबार बिहान भएको जीप दुर्घटनामा चार जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका-५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका-८ की २२ वर्षीया रेखा केसी खनाल र उनको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले जानकारी दिएका हुन् । दुर्घटनामा परी सानीभेरी गाउँपालिका-५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको उनको भनाई रहेकाे छ । दुर्घटनामा परेर १० जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ । उनीहरूलाई हेलिकाेप्टरमार्फत् पठाइएको हो । घाइने हुनेमा सानीभेरी गाउँपालिका-५ का ४० वर्षीय प्रेम बाँठामगर, सोही वडाका २२ वर्षीय ललित बाँठामगर, दुई वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । अन्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा लगिएको छ । सानीभेरी गाउँपालिका-५ का ४६ वर्षीय कर्णवीर पुन, सोही वडाकी १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रीता खत्री, २१ वर्षीया कल्पना केसी, ४६ वर्षीया गम्भीर कुसारी र ३५ वर्षीय दीपक बाँठामगरको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

सानीभेरी गाउँपालिका-५ हाँसुदेखि जिल्ला सदरमुकाम जाँदै गरेको लु. १ ज १७४७ नम्बरको जीप आज बिहान दुलीको मोचेखोलामा दुर्घटनामा परेको थियो । उकालोमा अनियन्त्रित भएर जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

गरिमा विकास बैंक र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता सम्पन्न

काठमाडाैं, बैशाख १८ । नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे.....