कीर्तिपुर नगरपालिकाको मेयर र उप–मेयरमा एमालेको जित, र्यालीको भव्य तयारी

काठमाडौं, जेठ ५ ।
प्रदेश नं. ३, ४ र ६ को मतगणना गर्ने कार्य अहिलेसम्म पनि जारी नै रहेको छ । मुलुकको चार वटा महानगरमध्ये तीन वटामा एमालेले अग्रस्थान ओगट्दै गर्दा ललितपुर महानगरमा भने कांग्रेसको अग्रता अहिलेसम्म पनि कायमै रहेको छ ।
यसैबीच, कीर्तिपुर नगरपालिकामा अहिले भर्खरै मतगणना सम्पन्न भएको छ । जसअन्तर्गत १, २, ३, ६, ७, ९ र १० वडामा एमालेले जित हासिल गरेको छ भने बाँकी ४, ५ र ८ वडामा कांग्रेसले जित हासिल गरेको छ ।
यसैगरी, कीर्तिपुर नगरपालिकाको प्रमुख पदहरू मेयर र उपमेयरमा पनि एमालेले नै जित हात पारेको छ । जसमा क्रमशः मेयर पदमा विजयी भएका रमेश महर्जनले ७ हजार ३ सय ६० मत ल्याएका छन् भने उपमेयरमा विजयी भएकी सरस्वती खड्काले ६ हजार ६ सय १५ मतले ल्याएकी छन् ।
मेयर र उपमेयरका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजकुमार नकर्मीले ६ हजार ६ सय १५ मत प्राप्त गरेका छन् भने कांग्रेसकी जेनिसा महर्जन ६ हजार ४३ मत प्राप्त गरेकी छन् ।
योसँगै एमालेले यसपटक कांग्रेसको गढ मानिएको वडा नम्बर २ मा समेत विजयी हासिल गरेको छ ।
प्रतिक्रिया