केदारनाथ मन्दिर पहिराे : तीन नेपाली तीर्थयात्रीकाे मृत्यु, आठ बेपत्ता

एजेन्सी, श्रावण २० ।
भारतको उत्तराखण्डस्थित केदारनाथ मन्दिर क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा पनि तीन जना नेपाली तीर्थयात्रीको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् ।
बिहीबार भारी वर्षाका कारण केदारनाथ तीर्थयात्रा मार्गमा पहिरोमा परी कम्तीमा तीन नेपाली तीर्थयात्रीको शव फेला परेको छ भने अन्य आठ जना बेपत्ता भएका छन् ।
पहिरोले नेपालीहरू बसेको होटल पुरै बगाएको अधिकारीहरूले बताएका छन् । पाटसरी गाउँपालिकाका अध्यक्ष पूरणसिंह बोहराले भने, ‘घटनापछि बेपत्ता भएका नेपालका ११ जनामध्ये तीन जनाको शव फेला परेको छ भने आठ जना अझै बेपत्ता छन् ।” नेपाली भक्तजनहरू पाटसरीका मात्रै थिए ।
प्रतिक्रिया