ललितपुर महानगरमा कांग्रेस अगाडि, कामनपामा एमालेको अग्रता कायमै

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार ०६:५५


काठमाडौं, जेठ ६ ।
ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनले १२ हजार ९ सय २७ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले ११ हजार ५ सय ५८ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै काठमाडौं महानगरपालिकामा गएराति १० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) को अग्रता कायमै रहेको छ ।

प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य १२ हजार ६ सय ८३ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसका राजुराज जोशीले ८ हजार ७ सय ३१ मतले पछ्याइरहेका छन् ।

त्यसैगरी, विवेकशील नेपाली दलका रञ्जु दर्शनाले ५ हजार ६१ मत र साझा पार्टीका किशोर थापाले ३ हजार ९ सय ८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीले ११ हजार ५ सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ६ हजार ७ सय ३ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । काठमाडौं महानगरपालिकामा हालसम्म ३८ हजार १ सय ८५ मतगणना भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....