कामपाको पछिल्लो ताजा मत परिणाम सार्वजनिक

काठमाडौं, जेठ ६ ।
काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ । जसअन्तर्गत नेकपा एमालेकोतर्फबाट मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले १६ हजार ५ सय ५० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, एमालेलाई पछ्याइरहेका नेपाली कांग्रेसका राजुराज जोशीले ११ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् भने यसअघि पनि तेश्रो स्थानमै कायम रहेको विवेकशीलकातर्फबाट रञ्जु दर्शनाले ६ हजार ६ सय १५ मत प्राप्त गरेकी छन् ।
यसैगरी चौथो र पाँचौँमा क्रमश साझा पार्टीले ४ हजार ९ सय ४३ र नेकपा माओवादी केन्द्रले १ हजार ८ सय ८४ मत प्राप्त गरेको छ ।
प्रतिक्रिया