प्रम दाहालले मागे संविधानविद्हरूसँग स्थानीय तहको प्रतिवेदनबारे सुझाब

काठमाडौं, माघ १९ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलका प्रमुख नेताहरूको उपस्थितिमा संविधानविद्हरूसँग स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे सुझाब लिएका छन् ।
प्रम दाहालले स्थानीय तह पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउने विधि र कानूनी व्यवस्थाबारे संविधानविद्हरूसँग राय मागेका हुन् ।
संविधानविद्हरूले सरकारले तोकेको मापदण्ड र कार्यादेशअनुसार सुझाब मात्रै पेश गर्ने अधिकार आयोगको भएकाले सरकारले आवश्यकतानुसार प्रतिवेदन परिमार्जन गर्नसक्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया