स्थानीय तह निर्वाचन : ललितपुरको ताजा मतगणना सार्वजनिक

ललितपुर, जेठ ६ ।
ललितपुर महानगरपालिकाको मतगणना गर्ने कार्य जारी रहेको छ । पछिल्लो मत परिणाम सार्वजनिक हुँदासम्म नेपाली कांग्रेसकातर्फबाट मेयर पदका उम्मेदवार चिरीबाबु महर्जन १६ हजार ६ सय १३ मत प्राप्त गर्दै अग्रस्थानमा कायमै रहेका छन् भने सोही पार्टीका तर्फबाट उपमेयरकी उम्मेदवार गीता सत्याल १२ हजार ३ सय ८९ मतसहित अग्रस्थानमै रहेकी छन् ।
यसैगरी कांग्रेसलाई पछ्याइरहेको नेकपा एमालेकातर्फबाट मेयर पदका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले १४ हजार ९ सय १ मत प्राप्त गरेका छन् ।
यसैबीच तेश्रो स्थानमा साझा पार्टीबाट स्वतन्त्र उम्मेदवार शोभा शाक्यले ११ हजार ५ सय ९५ मत प्राप्त गर्दै उपमेयर पदमा पछ्याइरहेकी छन् ।
यसैबीच, ललितपुर महानगरपालिका वडा नं. १२ को वडाध्यक्षमा एमालेकातर्फबाट नारायणलाल अवाले विजयी भएका छन् भने सोही पार्टीकै सरिता महर्जन, जीवनगोविन्द वैद्य, सानु अवाले सदस्यमा निर्वाचित भएका छन् । विजयी घोषणापश्चात अहिले विजयी र्यालीको तयारी भइरहेको हाम्रा संवाददाताले जानकारी दिएका छन् ।
प्रतिक्रिया