संविधान संशोधन भन्दा पहिले कार्यान्वयन गर्नुपर्छ : नेता खनाल

झापा, जेठ ६ ।
नेकपा (एमाले)मोरङद्वारा आज विराटनगरमा आयोजित एक पत्रकार भेटघाटमा वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन गर्नु भन्दा पहिले संविधानको कार्यान्वयनमा सरकार र दलहरूबीच छलफल गरेर समस्याको समाधान निकाल्नु पर्ने विचार व्यक्त गर्नु भएको छ ।
उनले संविधानको संशोधन सङ्घीय संसद्ले गर्ने भनेर संविधानमा उल्लेख गरिएको भन्दै मुलुकमा अहिले व्यवस्थापिका संसद् काम चलाउको रूपमा रहेको स्पष्ट पारेका छन् ।
एमालेले सारेको एजेन्डालाई जनताले मन पराएको कारण एमाले अग्रस्थानमा रहेको उल्लेख गर्दै उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि एमाले अग्रस्थानमा रहने दाबी गरेका छन् ।
प्रादेशिक र सङ्घीय निर्वाचन आउँदो माघ ८ गतेभित्र गर्नुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता खनालले अविलम्ब क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया