ल.पु.म.न.पा.मा कांग्रेसको अग्रता कायमै, १६ वडामा कांग्रेसबाट शाक्य विजयी

प्रकाशित मिति: ७ जेष्ठ २०७४, आईतवार ०६:५०


ललितपुर, जेठ ७ ।
ललितपुर महानगरपालिकाको मतगणना अझै जारी नै रहेको छ । जसअनुसार ललितपुर महानगरको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले १५ हजार ३ सय ९९ मतसहित अग्रस्थानमा कायमै रहेका छन् ।

कांग्रेसलाई पछ्याइरहेको नेकपा एमालेकातर्फबाट प्रमुख उम्मेदवार रहेका हरिकृष्ण व्यञ्जनकारले १४ हजार ८६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा कांग्रेसका गीता सत्यालले १२ हजार २ सय ७४ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका शोभा शाक्यले १० हजार ५ सय ३० मत प्राप्त गरेका छन् ।

यसैबीच, १६ वडाको वडाध्यक्षमा निर्मलरत्न शाक्यले १ हजार ८ सय ४३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकातर्फबाट राजेन्द्र शाक्यले १ हजार ४ सय २९ मत ल्याएर दोश्रो स्थानमा रहेका छन् भने तेश्रो स्थानमा नेकपा एमालेका उम्मेदवार चिरीकाजी महर्जनले १ हजार ३ सय ३३ मत ल्याएर तेश्रो स्थानमा रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....