कांग्रेस र एमालेबीच कडा टक्कर, उपमेयरमा सत्याललाई पछ्याउँदै आइन् स्वतन्त्रकी शाक्य

ललितपुर, जेठ ७ ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकातर्फबाट मेयर पदका उम्मेदवार चिरीबाबु महर्जन १५ हजार तीन सय ९९ मतसहित अग्रस्थानमा कायमै रहेका छन् भने निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकातर्फबाट मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार १४ हजार ८६ मतसहित प्रतिस्पर्धामा रहेका छन् ।
यसैबीच, नवगठित साझा पार्टीका उपमेयरकी उम्मेदवार शोभा शाक्यले ललितपुर महानगरको जारी मतगणनामा कांग्रेस उम्मेदवार गीता सत्यालको हाराहारीमा मत ल्याएकी छन् ।
सत्यालले १२ हजार एक सय ७४ मत ल्याउँदासम्म शाक्यले १० हजार आठ सय ३० मत प्राप्त गरेकी छन् । करिब १२ सय मतले मात्र पछि रहेकी शाक्यले जारी मतगणनामा प्रतिस्पर्धाको दूरी अझै घटाउने अपेक्षा साझा पार्टीले गरेको छ । उम्मेदवार शाक्यले भनिन्, ‘अब मतगणना हुने वडाहरूमा मेरो अझै राम्रो स्थिति छ । म विजय हुन्छु भन्नेमा निर्धक्क छु ।’
प्रतिक्रिया