एमालेले बनायो अहिलेसम्मकै नयाँ रेकर्ड

काठमाडौं, जेठ ७ ।
स्थानीय तहको निर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेले काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा अहिलेसम्मकै नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
अहिलेसम्मको मतगणना सार्वजनिक हुँदासम्म बुुढानीलकण्ठ नगरपालिकाको पछिल्लो परिणामअनुसार वडा नं. ८, ९, १०, ११, १२ र १३ मा एमालेले पुरै प्यानल विजयी प्राप्त गर्न सफल भएको छ । जसमा एक जना पनि सदस्य अरू पार्टीबाट आएका छैनन् ।
यसैगरी, मेयर र उपमेयरमा पनि करिब दुई हजार आठ सय मतको अन्तरमा एमालेले नै अग्रता लिएको छ । करिब ३० हजारको हाराहारीमा मतदाता रहेको उक्त नगरपालिकाको मतगणना जारी नै रहेको छ ।
प्रतिक्रिया