इन्द्रजात्राकाे अवलाेकन गर्न राष्ट्रपति पाैडेल जुद्ध सालिकदेखि गद्द बैठकसम्म पैदल यात्रा

प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार १९:५६


काठमाडाैं, असाेज ११ ।
साँस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडल जुद्ध सालिकदेखि हनुमाढोका दरबार क्षेत्रस्थित गद्द बैठकसम्म पैदल नै हिँडेर अवलाेकन गरेका छन् ।

इन्द्रजात्राकाे अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल गएको यो पहिलो पटक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठक अघिसम्म नै गाडीमा जाने गरेका थिए ।

काठमाडौं महानगरले विश्व सम्पदा क्षेत्रमा नो भेहिकल जोन (सवारी साधन निषेधित क्षेत्र) घोषणा गरेको छ । सोहीअनुसार राष्ट्रपति पौडल पैदल नै हिँडेर गएका थिए ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पैदल गएकोमा राष्ट्रपति पौडललाई धन्यवादसमेत दिएका छन् ।

साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौं महानगरको अनुरोध स्वीकार गरी दिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहिकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन । उहाँहरूले जुद्ध सालिकदेखि पैदल नै गएर जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ । सामान्य जस्तो लागे पनि काठमाडौंका सम्पदा संरक्षणमा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनु भएकोमा आभारी छौँ ।’


प्रतिक्रिया

ताजा खबर

More

समाजलाई ऊजागर गरी विकृति र विसंगतिविरुद्ध आवाज उठाउन आवश्यक : डा. पुष्पराज राजकर्णिकार (फाेटाेफिचर)

काठमाडाैं, चैत २३ । नेपालभाषा एकेडेमीका भाइस चान्सलर, साहित्य समालाेचक एवं नेपाल राष्ट्र.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....