अफगानिस्तानमा पुनः अर्को शक्तिशाली भूकम्प

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार ११:०२


एजेन्सी, असाेज २४ ।
पश्चिमी अफगानिस्तानमा पुनः अर्को शक्तिशाली भूकम्प गएको छ । पाँच दिनअघि पनि त्यहाँ ठूलो भूकम्प जाँदा धनजनको क्षति भएको थियो ।

स्थानीयसमयानुसार बिहान ५ः१० मिनेटमा फेरि पनि ६ दशमलव ३ रेक्टर स्केलकै भूकम्प गएको विवरणमा जनाइएको छ । हेरात शहरदेखि २८ किलोमिटर उत्तरमा भूकम्पले केन्द्रबिन्दु बनाएको बताइएको छ । यसअघि १,००० जनाभन्दा बढीको ज्यान जाने गरी शनिवार ६ दशमलव ३ रेक्टर स्केलकाे भूकम्प गएको थियो । अहिलेको भूकम्पले पुर्‍याएको क्षतिका विवरण आउन बाँकी छ ।

तर शनिबारको भूकम्पपछि घर गुमाएका मानिसहरू खुला आकाशमुनि सुतिरहेका बेला अर्को भूकम्प गएको हो । भूकम्प पीडितलाई उपलब्ध गराउनका लागि कम्बल, खानेकुरा र अरू सामग्री अभाव देखिएको छ । शनिबारको भूकम्पले हेरात शहरदेखि ४० किलोमिटर परका कैयौं गाउँहरू ध्वस्त पारेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....