काठमाडाैं विश्वविद्यालयमा पहिलाे पटक शिल्पकलाकाे पनि पठनपाठन सुरु

प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार १०:४३


काठमाडाैं, असाेज २६ ।
नेपालमा शिल्पकलाको पठनपाठनकाे सुरुवात भएको छ । काठमाडौं विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो ।

बिहीबारदेखि सुरु भएको उक्त शिक्षा नेपालमा पहिलो भएको काठमाडौं विद्यश्वविद्यालयको स्कूल अफ इञ्जिनियरिङका डिन प्रा.डा. मनिष पोखरेलले दाबी गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले आफूहरूले केही नयाँ काम नगरेको तर पुर्खा र समुदायले गरेको कलालाई नै केही नयाँपन दिन खोजेका बताए । उनले रैथाने कला, परम्परागत कला, ज्ञान र शीपलाई जोडेर अगाडि बढ्ने प्रयास गरेको बताएका छन् । उनकाअनुसार उक्त कोर्स चार वर्षे रहेको छ । उनकाअनुसार २० विद्यार्थी यसपालि भर्ना भएका छन् ।

कक्षा शुभारम्भका क्रममा वागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाडौं विश्वविद्यालयले शिल्पकलाको पठनपाठन सुरु गरेर कला क्षेत्रको विकासमा योगदान दिएकोमा जाेड दिएका छन् ।

उनले प्रदेश सरकारले पनि कलाको विकासमा प्राथमिकता दिएको उल्लेख गर्दै हस्तकला विधेयक प्रदेश संसद्मा टेबल गरिएको जानकारी गराए ।

सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिल्प तथा डिजाइन कलामा स्नातक पठाइ सुरु हुनु ललितकला क्षेत्रकै लागि उपलब्धिको कुरा भएको उल्लेख गर्दै यसले ललितकलाको शिर उँचो हुने बताए ।

उनले ललितकला विकासका लागि प्रतिष्ठानले कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिरहेका बेला प्राज्ञिक क्षेत्रमै परम्परागत कलाको शिक्षा प्रदान हुनु महत्वपूर्ण भएको बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

नक्कली ड्राइभिङ लाइसेन्स बनाएकाे अभियाेगमा सरकारी कर्मचारी पक्राउ

काठमाडाैं, बैशाख १८ । नक्कली सवारी चालक अनुमति पत्र अर्थात् ड्राइभिङ लाइसेन्स बनाएको.....