प्रतिक्षाको घडी : सबैको ध्यान केन्द्रित रहेको भरतपुरको नयाँ परिणाम निस्क्यो

चितवन, जेठ ७ ।
स्थानीय तहको चुनाव ३, ४ र ६ प्रदेशमा भइरहँदा पनि धेरैको मन भने भरतपुरको चितवनतिर केन्द्रित रहेको छ । कारण थियो, प्रधानमन्त्री पुष्पकमल दाहालकी सुपुत्री रेणु दाहाल चुनावी मैदानमा उत्रिएपछि त्यहाँको खैलाबैलाले अहिले सबैको ध्यानाकर्षण चितवनतिर परेका हुन् ।अर्को भनेको कांग्रेस र माओवादी एक भएर नेकपा एमालेलाई हराउने ठूलो कसरत हुँदा यसले अझ आम मानिसलाई अझ बढी ध्यान केन्द्रित गरेका हुन् ।
तर, नतिजा भने कडा प्रतिस्पर्धाकाबीचमा पनि भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले माओवादी उम्मेदवार रेणु दाहाललाई एक हजारभन्दा पनि बढी मतअन्तरले पछाडि नै पार्न सफल भइरहेका छन् । पछिल्लो पटक मत परिणाम सार्वजनिक गरेअनुसार ज्ञवालीले १८ हजार एक सय ८५ मत प्राप्त गरिसकेका छन् भने दाहालले १७ हजार एक ४४ मत प्राप्त गरेकी छन् ।
उपप्रमुखमा भने कांग्रेस उम्मेदवार पार्वती शाहले अग्रता कायमै राखेकी छन् । शाहले १९ हजार सात सय ९४ मत प्राप्त गरेकी छन् भने एमाले उम्मेदवार दिब्या आचार्यले १५ हजार नौ सय १७ मत ल्याएकी छन् । मतगणना गर्ने काम अझ पनि निरन्तर जारी नै रहेको छ ।
प्रतिक्रिया