भक्तपुरकाे परम्परागत, ऐतिहासिक तथा साँस्कृतिक जात्रा खःमेय् मनाउँदै

प्रकाशित मिति: ६ कार्तिक २०८०, सोमबार १६:३१


काठमाडाैं, कार्तिक ६ ।
महानवमीको अवसरमा मनाइने भक्तपुरको प्रसिद्ध परम्परागत, ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु अर्थात राँगो दौडाउने जात्रा आज साेमबार मनाइँदैछ ।

धार्मिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने खःमेय् जात्रालाई महिषासुर दैत्यको प्रतिकका रूपमा मानी खःमेय् जात्रा मनाइने परम्परा रहेकाे छ । महिषासुरको प्रतिक मानिएको खःमेय् जात्रा विजया दशमीको एक महत्वपूर्ण जात्राका रूपमा लिने गरेकाे छ ।

महानवमीको दिन त्रिपुरा सुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा पूर्ण हुने हुँदा त्यस रूपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरूप यस दिन खःमेय् जात्रालाई बलि पुजा गरी जात्रा मनाउँदै आएको इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

नवदुर्गा द्यःछेँ अर्थात् देवगृहमा राखिएका खःमेय्लाई जाँडको कट खुवाएर, जिऊभरी सिन्दुर र तेल लगाई लठ्ठ पारी तान्त्रिक विधिअनुरूप पुजाआजा गरी नवदुर्गा द्यःछेँबाट बाहिर निकाली दौडाएर ब्रम्हायणी पीठसम्म पुर्‍याइन्छ ।

नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्करसहित शरीरमा सात वटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभरी कुनै घाउचोट नलागेको, कम्तीमा पनि एक सय धारनी तौल भएको मोटोघाटो चाहिन्छ ।

खःमेय्को स-साना मासुका टुक्रा प्रसादका रूपमा घर लगी सुकुटी बनाई, धुलो पारेर घ्युमा मुछी धुप बनाइन्छ । उक्त धुप लक्ष्मी पुजाको दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वाससमेत रही आएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया कार्यालय कक्षबाटै पक्राउ, हाल धनुषामा

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिराेहियालाई प्रहरी पक्राउ.....

लागू औषध मुद्दामा कारागारमा रहेका कैदीको मृत्यु

काठमाडाैं, जेठ ८ । मोरङ कारागारमा.....

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको.....