प्रधानमन्त्री दाहाललाई राजिनामा दिन देउवाको दबाब

प्रकाशित मिति: ७ जेष्ठ २०७४, आईतवार १४:४०


काठमाडौं, जेठ ७ ।
कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार जेठको पहिलो सातामा प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिने सहमति भएको थियो । तर जेठको पहिलो साता सकिँदा पनि दाहालले राजिनामा भने दिएका छैनन् । राजिनामा दिनुको सट्टा दाहालले आगामी जेठ १५ गते नियमित बजेट ल्याएर मात्र राजिनामा दिने तयारी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा रिसाएका छन् ।

शनिबार राती प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भएको भेटवर्तामा भनाभन भएको छ । स्रोतले देउवाको भनाई उदृत गर्दै भन्यो, ‘दाहालजी नौ महिनामा मैले सरकारकाको नेतृत्व लिनु पर्ने थियो, निर्वाचनको कारण मैले एक महिना माने, जेठको पहिलो साता राजिनामा दिने सहमति भएको थियो, तर तपाई सरकारको आयु लम्ब्याउने खेलमा लाग्नु भो, यति भन्नुहोस राजिनामा कहिले दिनुहुन्छ ?’

जवाफमा दाहालले अहिले नै आफूले राजिनामा दिएपनि सरकार गठन गर्नको लागि दश दिन लाग्ने भएकाले सकेसम्म यही सरकारले नियमित बजेट ल्याएर मात्र राजिनामा दिने बताएका छन् ।

भेटघाटमा देउवाले जेठ ८ गते बस्ने संसदको बैठकमा नै राजिनामा घोषणा गर्न आग्रह गरेका थिए । दाहालले यस बारेमा आफूले पार्टीभित्र छलफल गर्ने बताएका थिए । देउवाले राजिनामा दिन दबाब दिएपछि दाहालले सहमतिअनुसार नै सरकारको नेतृत्व हस्तान्तरण गर्ने र धोका नदिने बचन दिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....