काठमाडौं महानगरको वडा नं २९ र ३० मा कांग्रेस विजयी

काठमाडौं, जेठ ७ ।
काठमाडौं महानगरपालिकाको वडा नं. २९ र ३० वडामा नेपाली कांग्रेसको समूहले नै विजय भएको छ । वडा नं. २९ को वडाअध्यक्षमा कुश ढकाल एक हजार पाँच सय ४५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका शिवराज राजबंशीले एक हजार चार सय ९१ मत ल्याएका थिए ।
सो वडाको खुला सदस्यमा अर्जुनबहादुर श्रेष्ठ, इन्द्र कर्मचार्य , महिला सदस्यमा सुशीला ढकाल र दलित महिला सदस्यमा सङ्गीता पूजारी निर्वाचित भएका छन् ।
यसैगरी वडा नंं ३० को वडाअध्यक्षमा कांङ्ग्रेसकै दलबहादुर कार्कीले दुईहजार तीन सय ३१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सृुरेन्द्र श्रेष्ठले एक हजार तीन सय ५७ मत ल्याएका थिए । सो वडाका सदस्यमा नीरज सत्याल, मनोज डङ्गोल, महिला सदस्यमा सीता तिवारी र दलित महिला सदस्यमा शर्मिला श्रेष्ठ महतो निर्वाचित भएका छन् । यस्तै, महानगरको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले २४ हजार ५३ मत ल्याई अग्रता कायम राखेका छन् ।
नेपाली कांग्रेसका राजुराज जोशीले १७ हजार ७७, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले नौ हजार छ सय ९९, साझा पार्टीका किशोर थापाले सात हजार तीन सय २८, नेकपा (माओवादी केन्द्र)का सर्वाेत्तम डङ्गोलले दुई हजार सात सय ८० मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका हरिप्रभा खड्गीले २२ हजार एक सय ९८, राप्रपाका राजाराम श्रेष्ठले १३ हजार सात सय ८१ र साझा पार्टीकी निरुपमा यादवले चार हजार ट सय ७३ मत, माओवादी केन्द्रकी सुशीला पौडेलले तीन हजार सात सय ८६ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म ७४ हजार २९१ मतगणना भइसकेको छ । यसअधि वडा नं १,२, २५, २७ र २८ वडाको मत सार्वजनिक भइसकेको थियो ।
प्रतिक्रिया