देउसी भैलो राति १ बजेसम्म खेल्न पाइने

प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार ११:४५


काठमाडौं, कार्तिक २४ ।
यो वर्ष तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । यसअघि प्रत्येक वर्ष सुरक्षाको कारण देखाउँदै ९ बजेसम्म मात्रै खेल्न दिइने देउसी यो वर्ष राति १ बजेसम्म खेल्न दिइने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो ।

यो वर्ष काठमाडौ महानगर नगर प्रहरीले ‘राति १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाइएको उनले बताएका छन् ।

सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न उनले आग्रहसमेत गरेका छन् ।

यस्तै, काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध पनि सोहीअनुसार मिलाई दिन आग्रह गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया कार्यालय कक्षबाटै पक्राउ, हाल धनुषामा

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिराेहियालाई प्रहरी पक्राउ.....

लागू औषध मुद्दामा कारागारमा रहेका कैदीको मृत्यु

काठमाडाैं, जेठ ८ । मोरङ कारागारमा.....

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको.....