वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलवार २२:११


काठमाडौं, कार्तिक २८ ।
वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा आज मंगलबार उनको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले बताएका छन् ।

स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए ।

साहित्यकार मानन्धरले ‘बाल कोसेली’, ‘बाल पोष’ र ‘मचा क्यब’ नामका बाल साहित्यिक पत्रिका सम्पादन एवं प्रकाशकन गरेका थिए । छ दशकभन्दा लामो समयदेखि बाल साहित्यमा आफ्नो जीवन समर्पण गरेका उनले राणा शासनदेखि नै बाल खुराक पस्कदै आएका थिए ।

साहित्यकार उपाध्यायकाअनुसार मानन्धरको अन्त्येष्टि भोलि बुधबार गरिने भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया कार्यालय कक्षबाटै पक्राउ, हाल धनुषामा

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिराेहियालाई प्रहरी पक्राउ.....

लागू औषध मुद्दामा कारागारमा रहेका कैदीको मृत्यु

काठमाडाैं, जेठ ८ । मोरङ कारागारमा.....

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको.....