आन्दाेलन केन्द्रित विद्यालयहरू बिहीबार बन्द रहने सूचना पठाइसकेकाे जानकारी

काठमाडाैं, मंसिर ६ ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यावसायी दुर्गा प्रसाईंलगायतले भाेलि बिहीबार गर्ने भनिएको प्रदर्शनका कारण प्रदर्शन हुने क्षेत्रका विद्यालयहरू बन्द रहने स्कूल सञ्चालकहरूले बताएका छन् ।
ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कूलकी संस्थापक अध्यक्ष गीता रानाले विद्यार्थी तथा अभिभावकलाई भाेलि बिहीबार स्कूल बन्द रहेको सूचना पठाइसकेको बताइन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालकी पूर्व अध्यक्षसमेत रहेकी रानाकाअनुसार आन्दोलनका कारण बानेश्वर, तीनकुने, कालीमाटी, कलङ्की, बल्खुलगायत चक्रपथ क्षेत्रका सबै स्कूल प्रभावित हुन्छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुङ्गानाकाअनुसार बिहीबारको आन्दोलनकै कारण उपत्यकाका रिङ रोड भित्रका बस चल्ने करिब २०० विद्यालय बन्द हुने भएका छन् । ‘प्याबसनको निर्णयानुसार विद्यालय बन्दको जिम्मेवारी स्कूलहरूलाई नै दिइएको छ,’ अध्यक्ष ढुङ्गानाले भने, ‘प्याब्सनले आन्दोलन प्रभावित क्षेत्रका विद्यालयहरूलाई बन्द गर्न स्वनिर्णय गर्ने अधिकार दिइएको छ, प्याब्सनले बन्दको निर्णय भने गरेको छैन ।’
प्रतिक्रिया