भक्तपुरको बिस्का जात्रामा रथको पाङ्ग्राले किचेर ३४ वर्षीय तमखुको मृत्यु

प्रकाशित मिति: १ बैशाख २०८२, सोमबार ०९:२६


काठमाडाैं, बैशाख १ ।
भक्तपुरमा चलिरहेको बिस्का जात्राको चौथो दिन आइतबार राति रथको पाङ्ग्राले किचेर एक युवकको ज्यान गएको छ ।

भैरवनाथको रथ ग:हिटीबाट भेलुखेलतर्फ लैजाने क्रममा राति करिब ८ बजे भक्तपुर नगरपालिका-४ ग:हिटीका ३४ वर्षीय सुशील तमखु रथको पाङ्ग्राले किचिँदा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी ख्वप अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिएका छन् ।

परम्पराअनुसार बिस्का जात्राको क्रममा मृत्यु भएकाको शव पोस्टमार्टम नगरी परिवारलाई जिम्मा दिने प्रचलन रहेको र सोहीअनुसार शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....