लक्ष्मी सनराइज आमन्त्रण गल्फको आठौँ संस्करणको उपाधि शेर्पाले जिते

प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार १४:५३


काठमाडौं, मंसिर ११ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था लक्ष्मी सनराइज बैंक लिमिटेड आमन्त्रण गल्फको आठौँ संस्करणको उपाधि नोर्बु छिरिङ शेर्पाले जितेका छन् । शनिबार काठमाडौंको गोकर्ण गल्फ क्लबमा सम्पन्न खेलमा ४१ स्टेबल फोर्ड अंक जोडेर उनले उपाधि जितेका हुन् । आशिष श्रेष्ठ ४० अंक जोड्दै प्रतियोगितामा उपबिजेता बनेका छन् ।

त्यस्तै, टासी दोङले ३९ अंक जोड्दै उत्कृष्ट ग्रसको अवार्ड जितेकी छन् । महिलातर्फ सुमित्रा खड्का ३४ अंकका साथ बिजेता र आरती राणा ३३ अंकका साथ उपबिजेता भइन् । मेजर जनरल (निवृत्त) महेश विक्रम कार्की ३४ अंकका साथ सिनियर (६० वर्ष र सोभन्दा माथि) बिजेता बने ।

सद्भाव आचार्यले सबैभन्दा लामो ड्राइभको अवार्ड, ताहिर शाहले सबैभन्दा नजिकको पिन र वाङ्चेन धोन्डुपले चार बर्डी तथा एउटा चीलसहित ‘मोस्ट बर्डीज’को अवार्ड पाए । लक्ष्मी सनराइज कलरको पहिरन लगाएका विजयबहादुर श्रेष्ठले ‘मोस्ट एलिगेन्ट गल्फर’ अवार्ड प्राप्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव फेला

काठमाडाैं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा आज मंगलबार बिहान एक पुरुष मृत.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....