प्रभु क्यापिटल र एन्ट फाउण्डेशनबीच आपसी समझदारी पत्रमा हस्ताक्षर

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार १९:०२


काठमाडाैं, मंसिर १३ ।
प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउण्डेशनबीच एमओयु सम्झौता सम्पन्न भएको छ । यही मंसिर १२ गते मंगलबारका दिन एन्ट फाउण्डेशनकाे “NO Shave November – Fashion for a Cause”, क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रममा आफ्नो ऐक्यबद्धता जनाउँदै सो फाउण्डेशनलाई सामाजिक उत्तरदायित्व कोषमार्फत् आर्थिक सहयोग गरी सो क्याम्पेनकाे बिचमा एकापसमा सहकार्यको सम्झौता गरेका हुन् । प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एन्ट फाउण्डेशनका फाउण्डर प्रशान्त ताम्राकारले MOU हस्ताक्षर गरी सम्झौता पत्र आदान-प्रदान गरेका हुन् ।

सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गतकाे प्रोडक्टहरू मध्ये “प्रभु ऐश्वर्या योजना”मा आबद्ध हुने महिला दिदीबहिनीहरूबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्क (AMC) बाट ५०% सेवा शुल्क बराबरको रकमका साथै सो योजनाबाट प्राप्त हुने मुनाफाबाट २०% बराबरको रकम फाउण्डेशनलाई महिला सशक्तिकरण तथा महिलामा हुने Breast Cancer सम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि सामाजिक सुरक्षा दायित्वअन्तर्गत प्रभु क्यापिटलले सहयोग गर्ने जनाएको छ । महिलाहरूलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकहरूले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्नेछन् ।

“महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई प्रभु क्यापिटलले सञ्चालनमा ल्याएको यो “प्रभु ऐश्वर्या योजना” तथा एन्ट फाउण्डेशन दुबैले महिलाहरूको आर्थिक तथा वित्तीय स्वतन्त्रतामासमेत केन्द्रित रही कार्यक्रम गर्ने हुँदा दुबै संस्थाको उद्देश्यमा एकरूपता देखिएकाले यो सम्झौता गरेका हौँ”, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले बताए ।

प्रभु क्यापिटलले मर्चेन्टसम्बन्धी सेवाका साथसाथै आफ्ना सेवा तथा Product हरू सँगै गाँसेर सामाजिक उत्तरदायित्वसमेत बहन गर्दै आइरहेको छ । CSR अन्तर्गत पूँजी बजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिम पनि प्रदान गर्दछ प्रभु क्यापिटलले प्रदान गर्ने सेवाहरू मध्ये PMS लगानी व्यवस्थापन सेवा, लगानी विविधिकरणको राम्रो विकल्प मानिन्छ । क्यापिटलको लगानी व्यवस्थापन सेवा (PMS) मा आबद्ध हुने ग्राहक तथा संस्थाहरूलाई विज्ञ परिचालन गरी ग्राहकको Investment Fund वा सञ्चालनमै रहेको पोर्ट फोलियोलाई प्रभावकारी रूपमा पूँजी बजार तथा धितोपत्रको उपकरणमा लगानी गरी अधिकतम मुनाफा प्रदान गर्ने लक्ष्यका साथ सेवा दिने गर्दछ ।

एन्ट फाउण्डेशन एक स्वैच्छिक गैर नाफामुखी संस्था हो, जसले स्वास्थ्य, शिक्षा, वातावरण तथा क्यान्सर सचेतना अभियानमा सहयोग गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरी कोष सङ्कलन गर्दै आइरहेकाे छ सो कोषलाई फाउण्डेशनकाे उद्देश्य पूर्तिका लागि उपयोग गर्दछ । यसले क्यान्सर सचेतना अभियानमा नेपाल क्यान्सर रिलिफ सोसाइटी, नेपाल स्तन क्यान्सर फाउण्डेशन, क्यान्सर केयर नेपाल तथा नेपाल क्यान्सर सरभाइभर सोसाइटीसँग हातेमालो गरी हेल्थ क्याम्प तथा क्यान्सरसम्बन्धी विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेकाे कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव फेला

काठमाडाैं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा आज मंगलबार बिहान एक पुरुष मृत.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....