ललितपुर अपडेट : कांग्रेस अग्रस्थानमै कायम, १९ वडामा आए २० वर्षपछि पुनः विनोद ताम्रकार

प्रकाशित मिति: ७ जेष्ठ २०७४, आईतवार १८:३५


ललितपुर, जेठ ७ ।
ललितपुर महानगरपालिकाको मतगणना गर्ने क्रम अझै पनि जारी रहेको छ । जसअनुसार ललितपुर महानगरको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले १९ हजार पाँच सय ८५ मतसहित अग्रस्थानमा कायमै रहेका छन् ।

कांग्रेसलाई पछ्याइरहेको नेकपा एमालेकातर्फबाट प्रमुख उम्मेदवार रहेका हरिकृष्ण ब्यञ्जनकारले १७ हजार छ सय ४७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा कांग्रेसका गीता सत्यालले १४ हजार आठ सय ८७ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका शोभा शाक्यले १२ हजार छ सय ७९ मत प्राप्त गरेकी छन् ।

यसैबीच, भर्खरै सम्पन्न १९ वडाको वडाध्यक्षमा २० वर्ष अघि पनि पछि पनि पुनः ललितपुर तिच्छुँगल्लीका विनोद ताम्रकार भारी मतले विजयी हुन सफल भएका छन् । ताम्रकारले एक हजार तीन सय ३३ मत ल्याएर विजयी हुन सफल भएका हुन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उद्धव श्रेष्ठले छ सय ७० मत प्राप्त गर्दै दोश्रो स्थान हासिल गरेका छन् । सो वडामा एमालेका सबै प्यानल विजयी भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....