मङ्गाेलियाकाे अपार्टमेन्टमा आगलागी, चार बालबालिकासहित एकै परिवारका पाँचले ज्यान गुमाए

एजेन्सी, पाैष ३ ।
मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाएअनुसार बिहान ७ः बजेर २ मिनेटकाे समयमा आगलागी भएको हो ।
दक्षिणी जिल्ला खान-उलको १० तल्ले अपार्टमेन्ट भवनमा आगलागी भएको हो । सो आगलागीमा चार बालबालिकासहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन् ।
उपचारका क्रममा घाइते अन्य दुई जना व्यक्तिको निधन भएको बताइएको छ । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान छइरहेको छ ।
प्रतिक्रिया