वीर अस्पतालका पूर्वनिर्देशक डा. चौधरीको निधन

प्रकाशित मिति: ५ पुष २०८०, बिहीबार १६:५३


काठमाडौं, पौष ५ ।
वीर अस्पतालका पूर्वनिर्देशक डा. श्रवणकुमार चौधरीको निधन भएको छ । डा. चौधरीको गएराति उपचारका क्रममा निधन भएको हो । डा. चौधरी पूर्व स्वास्थ्य सचिव डा. पुष्पा चौधरीका श्रीमान् हुन् । उनी २०६४ भाद्रदेखि २०६५ पुससम्म निर्देशकका रूपमा रहेका थिए ।

यसैबीच, पूर्वनिर्देशक चौधरीको निधनप्रति वीर अस्पतालले दु:ख व्यक्त गरेको छ । निर्देशक डा. सन्तोष पौडेलले शोक वक्तव्य जारी गर्दै चौधरीको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

‘वरिष्ठ चिकित्सक डा. श्रवणकुमार चौधरी, एक कुशल स्वास्थ्य सेवा व्यवस्थापक एवं नेतृत्वकर्ता मृदुभाषी तथा मिलनसार व्यक्तित्वको निधनप्रति अस्पतालले दु:ख व्यक्त गर्दछ’ वक्तव्यमा भनिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडाैं, जेठ ७ । प्रतिनिधि सभाकाे प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....

मिनी बस दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं, जेठ ७ । सुर्खेतमा मिनी बस.....