राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठद्वारा सन्यासको घोषणा

प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार २०:२८


काठमाडाैं, पाैष ६ ।
राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् ।

नेपाल सुपर लिग एनएसएलमा चितवनबाट खेलेका उनले झापासँगको खेलपछि पत्रकारसँग बोल्दै सन्यासको घोषणा गरेका हुन् । उनले साफ च्याम्पियनशीपपछि नै सन्यासको बारेमा सोचेको तर अहिले सही समय भएकाले सन्यास घोषणा गरेको बताए ।

एक दशकपछि उनले २०७८ सालको भाद्रमा दशरथ रंगशालामा घरेलु समर्थक माझ राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरेका थिए ।

बारम्बार घरेलु फुटबलको शीर्ष लिग जितिसकेका अनि लिगको उत्कृष्ट गोलकिपर बनेका विशालले नियमित जसो राष्ट्रिय टिममा परे पनि खेल्न भने पाउने गरेका थिएनन् ।


प्रतिक्रिया

ताजा खबर

More

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित एक कोइला खानीमा दुर्घटना हुँदा.....