सगरमाथा आरोहणका क्रममा एक अमेरिकी आरोहीको निधन

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार ०८:१८


सोलुखुम्बु, जेठ ८ ।
सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा एक ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको निधन भएको छ ।

चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार चार सय मिटरको उचाईमा निधन भएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिएका छन् । उनीसँगै यस वर्ष सगरमाथामा ज्यान गुमाउनेहरूको संख्या तीन पुगेको छ ।

यसअघि, नेपाली नागरिक मीनबहादुर शेरचनको आधार शिविरमा ज्यान गएको थियो भने स्वीस नागरिक युली स्टेकको पनि आधार शिविरमै निधन भएको हो । आरोहण सकेर फर्कंदै गरेका एक भारतीय नागरिक पनि शनिबारदेखि हराइरहेका नेपाल सरकारको तर्फबाट सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

सम्पर्क अधिकृत श्रेष्ठकाअनुसार यस वर्ष आइतबारसम्ममा एक सय २० जनाभन्दा बढी आरोही शिखरमा पुगिसकेका छन् । आरोहणका लागि कूल तीन सय ७४ जनाले अनुमति लिएकोमा आइतबारसम्म करिब एक सय २० जना शिखरमा पुगेका हुन् । जेठ ११ गतेसम्म चल्ने आरोहणका क्रममा मौसम अनुकूल भए धेरैले आरोहण गर्ने श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....