जारी नेपाल सुपर लिग उपाधि बिजेताले रु. ७० लाख पुरस्कार पाउने

प्रकाशित मिति: ११ पुष २०८०, बुधबार २०:०९


काठमाडाैं, पाैष ११ ।
दाेश्राे संस्करणकाे नेपाल सुपर लिग (एनएसएल) प्रतियाेगिताकाे बिजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएकाे छ ।

नेपाल स्पाेर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) का प्रबन्ध-निर्देशक श्रेयान्स कार्कीले आज बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै एनएसएल बिजेताले पाउने पुरस्कार राशीकाे रकम दाेब्बरले बढाएर ७० लाख रुपैयाँ पुर्‍याइएकाे जानकारी दिएका हुन् । पहिलाे संस्करणकाे बिजेता काठमाडाैं रेजर्सले ३५ लाख रुपैयाँ पाएकाे थियाे । यस्तै उपबिजेताले २० लाख रुपैयाँ पाउने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

यसैगरी, प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडीले २ लाख तथा सर्वाधिक गाेलकर्ता, उत्कृष्ट गाेलकिपर र उत्कृष्ट युवा खेलाडीलाई समान १-१ लाख रुपैयाँ दिइने एनएसईएमका प्रबन्ध-निर्देशक कार्कीले बताएका छन् ।

दाेश्राे संस्करणकाे एनएसएलकाे फाइनल खेल आउँदाे शनिबार हुँदैछ । धनगढी एफसी फाइनलमा पुगिसकेकाे छ । फाइनलमा पुग्ने अर्काे टाेली बन्नका लागि भाेलि बिहीबार पाेखरा थन्डर्स र ललितपुर सिटी एफसी बीच कडा प्रतिस्पर्धा हुँदैछ ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे डढेलाे : नियन्त्रणमा लिने क्रममा दुई जना घाइते

काठमाडाैं, बैशाख १८ । ललितपुरको गोदावरी नगरपालिका-४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको.....

गाई काटेको अभियोगमा काभ्रेबाट तीन पक्राउ

काठमाडाैं, बैशाख १८ । गाई काटेर.....