ललितपुर २१ वडा माओवादी केन्द्रका वडाध्यक्ष महर्जनको कब्जामा

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार ०८:५२


ललितपुर, जेठ ८ ।
स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम करिब करिब अन्तिम चरणमा पुगेको छ । सोही क्रममा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सोचेअनुसार नतिजा हात पार्न नसकिरहेकै बेलामा ललितपुर महानगरपालिकाको २१ वडामा माओवादी केन्द्रले वडाध्यक्षमा जितेर खाता खोल्न आफ्नो पार्टीको इज्जतसमेत जोगाउन सफल भएको छ ।

वडा नं. २१ मा माओवादी केन्द्रकातर्फबाट वडाध्यक्षमा उम्मेदवार दिएका रविन्द्र महर्जनले एक हजार एक सय ९४ मत ल्याएर विजयी हुन सफल भएका हुन् । वडा नं. १ देखि वडा नं. २० सम्म नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले वडाध्यक्षमा कब्जा गर्दै आएकामा वडा नं. २१ मा महर्जनले कब्जा जमाउन सफल भएका हुन् ।

महर्जनका निकटतम प्रतिद्वन्द्वी एमालेका मदनकृष्ण डंगोलले नौ सय छ मत ल्याएका छन् भने कांग्रेसका बेखमुनी महर्जनले सात सय ९८ मत ल्याएर तेश्रो स्थानमा रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....