आज माघे संक्रान्ति, घ्यू, चाकु र तरुल खाएर धूमधामसँग मनाइँदै

प्रकाशित मिति: १ माघ २०८०, सोमबार १२:१२


काठमाडौं, माघ १ ।
आज साेमबार माघे संक्रान्ति पर्व मनाइँदैछ । आजको दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको मान्यता छ । यी परिकार खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास पनि रही आएकाे छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिएको हो । चितवनको देवघाट, नुवाकोटको त्रिशुली, कालीगण्डकी, वागमती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ ।

आज थारु बाहुल्य क्षेत्रहरूमा माघीको रौनक छ । मौलिक भेषभुषा लगाएर नाचगान, मिठा परिकार खाएर माघि मनाइन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया कार्यालय कक्षबाटै पक्राउ, हाल धनुषामा

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिराेहियालाई प्रहरी पक्राउ.....

लागू औषध मुद्दामा कारागारमा रहेका कैदीको मृत्यु

काठमाडाैं, जेठ ८ । मोरङ कारागारमा.....

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको.....