गायक तथा सङ्गीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार ११:३७


काठमाडाैं, माघ ५ ।
वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ । उनको बिहीबार राति साढे १२ बजे भ्याली अस्पताल सुन्धारामा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई राति भ्याली अस्पताल लगिएको थियो ।

७७ वर्षका गायक वैद्य नेपाली र नेपालभाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपालभाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौं जिथाय् वइ’ लोकप्रिय रहेका छन् ।

उनको आज शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक श्रोतले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....