कवि तथा गीतकार मञ्जुलबाट एल्बम सार्वजनिक

प्रकाशित मिति: ७ माघ २०८०, आईतवार १८:१६


काठमाडौं, माघ ७ ।
ओएस नेपालको आयोजनामा वरिष्ठ कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३४ औँ कृति स्वरूप ‘मायाको ऐना’ गीति एल्बम एक समारोहकाबीच वरिष्ठ कवि एवं गीतकार प्रा. मञ्जुलद्वारा सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ र साहित्यकार मञ्जुलको २१ वर्षपछिको भेट तथा एक समारोहबीच साहित्यिक कार्यक्रमको आयोजनामा उक्त एल्बम सार्वजनिक गरिएको थियो ।

विश्व चर्चित भारतीय गायक कुमार सानुको स्वरमा ”तिम्रो मायाको सागरमा पौडी रहन पाउँ, जिन्दगी भरी तिम्रै साथमा दौडी रहन पाउँ” र गायक सुमन श्रेष्ठको स्वरमा ‘आँखैमा बस्यौ तिमी, मुटुमा बस्यौ, मलाई मायामा पल्कायौँ, पानी झैँ छलछल छल्किने तिम्रो जवानी झल्कायौँ’ दुई गीत विश्व कीतिमानी चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको छ ।

‘आगो पानी सहेर अन्यायसँग लड्छौँ जब’ वरिष्ठ गायक राजेश पायल राईको स्वरमा रहेको छ । ‘तिम्रै साथ म त हिँडेको देख्छु सपनाको डगर, माया त हाम्रो जीवन हो, सानु झालझेल नगर ।’ गायिका अनु चौधरी र गायक प्रताप दासको युगल स्वरमा रहेको छ ।

”गीत, संगीतको महा उत्सव ओएस म्युजिक अवार्ड अग्रज अनि श्रष्टा सबैको सम्मान गर्ने ओएस म्युजिक अवार्ड ।” वरिष्ठ संगीतकार राम कार्कीको संगीतमा मुस्कान राई र शान्ता कार्कीलगायतको स्वरमा रहेको छ ।

एल्बम सार्वजनिक गर्नु हुँदै वरिष्ठ साहित्यकार एवं गीतकार प्रा. मञ्जुलले धेरै पछिको अन्तराल अर्थात दुई दशकपछि साहित्यकार अमरसँग भेट भएको र अहिले उहाँको रचनामा रहेको एल्बम सार्वजनिक गर्दा एकदम खुशीको महशुस भएको बताए । दुई दशक अगाडि विभिन्न अनेकौं कार्यक्रमहरूमा हाम्रो भेट भएको स्मरण गर्नुहुँदै दुई दशकपछिको भेटमा पनि साहित्यकार अमर पहिले झैँ साहित्य, गीत, संगीतमा निरन्तर लाग्नु भएकोमा खुशी व्यक्त गरे । यसैगरी, साहित्यकार एवं प्रा. सुस्मिता नेपालले एल्बम सार्वजनिक समारोहमा दुई दशक अघि उहाँ जस्तो बोल्नु हुन्थ्यो, आज पनि उस्तै बोल्नु भएको र टाढाबाट पनि आवाजबाट साहित्यकार अमरलाई चिन्न सकेको र एल्बम सार्वजनिक समारोहमा सरिक भएर एल्बमको बारेमा बोल्न पाउँदा साहित्यकार अमरको उन्नति प्रगतिको कामनासमेत गरेकी छन् ।

ओएस नेपालको प्रस्तुति रहेको एल्बम सार्वजनिक समारोहमा संगीतकार सन्तोष श्रेष्ठ, फिल्म निर्देशक रोशनकुमार श्रेष्ठ, फिल्म निर्देशक प्रेम बस्याल, गायक सूर्यकमल राईलगायतले एल्बमका बारेमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सभापति ओएस नेपालको तर्फबाट विवेक कार्कीले गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....