मेनुका पौडेल इण्डियन आइडल १४ औँ सिजनको अन्तिम १० मा प्रवेश

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार १४:३७


काठमाडौं, माघ ८ ।
नेपालकी गायिका मेनुका पौडेल इण्डियन आइडल १४ औँ सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टप टेनमा प्रवेश गरेकी हुन् ।

बटम थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भएको छ । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबारको एपिसोडबाट भएको हो ।

उक्त एपिसोडमा आगामी फिल्म ‘फाइटर’ प्रबर्द्धनका लागि अभिनेता ऋतिक रोशन पुगेका थिए । ऋतिक अभिनित फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगानसमेत गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे डढेलाे : नियन्त्रणमा लिने क्रममा दुई जना घाइते

काठमाडाैं, बैशाख १८ । ललितपुरको गोदावरी नगरपालिका-४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको.....

गाई काटेको अभियोगमा काभ्रेबाट तीन पक्राउ

काठमाडाैं, बैशाख १८ । गाई काटेर.....