एड् गुरु निर्मलराज पौडेलको “छम्म नाचौँ, छप्प नाचौँ” सार्वजनिक (भिडियाेसहित)

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार १८:१५


काठमाडौं, माघ ८ ।
विज्ञापन व्यावसायी, गायक तथा गीतकार निर्मलराज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक भएको छ । आज सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच भिडियोमा अभिनय गर्ने कलाकारले एक साथ ताली बजाउँदै गीतकाे सार्वजनिक गरेका हुन् । गीतमा निर्मलकै शब्द तथा मोहित मुनालको संगीत रहेकाे छ ।

भिडियोमा गायक निर्मलसँगै सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रबिन्द्र खड्का, गजित बिष्ट, गम्भिर बिष्ट, सुनिल कटवाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका कलाकारहरूको अभिनय रहेकाे छ ।

भिडियोमा मनिष पौडेलको निर्देशन, गम्भीर बिष्टको कोरियोग्राफी, महेश पौडेलको छायाँकन रहेकाे छ ।

वेलकम एड्भरटाइजिङका संस्थापकसमेत रहेका निर्मलले १५ वर्षपछि गीत ल्याएका हुन् । १३ वर्षको उमेरदेखि नै स्कूलमा हुने नृत्य, कमेडी र गायक गतिविधिमा सक्रिय हुँदै आएका निर्मलले फिल्म ‘कमस’, ‘प्रिती’, ‘पुकार’ र ‘आमाको माया’ मा अभिनयसमेत गरेका छन् ।

गायक पौडेलले अन्य गायक/गायिकाले गाएका गीतको शैलीभन्दा अलिक पृथक शैलीको गीत गाउने इच्छाले ‘छम्म नाचौँ छप्प नाचौँ’ सार्वजनिक गरिएको बताए । ‘कहिँ कतै पार्टीतिर नाँच्न मन लाग्यो भने हिन्दी गीत, डिस्को गीत बज्छन् । हामीले नाँच्ने खालका मौलिक गीत नै छैनन्’, गीतबारे निर्मलले भने, ‘मैले विज्ञापनका लागि जिङ्गल लेखिरहने बानी भएकाले गीत लेख्न त मलाई गाह्रो भएन ।’

भिडियो ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

नक्कली ड्राइभिङ लाइसेन्स बनाएकाे अभियाेगमा सरकारी कर्मचारी पक्राउ

काठमाडाैं, बैशाख १८ । नक्कली सवारी चालक अनुमति पत्र अर्थात् ड्राइभिङ लाइसेन्स बनाएको.....