स्टेज कार्यक्रममा जबरजस्ती गीत गाउन लगाइएको गायिका एलिनाको गुनासो

प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार १५:५०


काठमाडौं, माघ ९ ।
गायिका एलिना चौहानले आफूलाई स्टेज कार्यक्रममा जबरजस्ती गीत गाउन लगाइएको बताएकी छन् । केही समय अगाडि पोखरामा भएको कार्यक्रममा आफूलाई आयोजकले जबरजस्ती गाउन लगाएको उनले जानकारी दिएकी छन् ।

कलाकारहरूले हरेक पाइलामा अपमान सहनु परेको तर, त्यसलाई सञ्चारमाध्यमले नदेख्ने गरेको उनको भनाई रहेको छ । कलाकारका प्रेम प्रसङ्गको समाचार बजाउने पत्रकारले कलाकारका दुःख भने नदेख्ने गरेको उनको गुनासो छ ।

“अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ती जा भनियो । उहाँहरूले चाहेसम्म गाउन निर्देश गरियो,” एलिना सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “हाम्रै संगीत क्षेत्रको अभिभावकले । अर्को एक कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दुर्व्यवहार गर्न खोजे । मैले त्यसको प्रतिकार गरेँ । यो आयोजकको गल्ती हैन र ? यस्ता कुरामा सजग हुनुपर्ने हैन र ?”


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....