साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियाेसहित)

प्रकाशित मिति: १४ माघ २०८०, आईतवार १९:००


काठमाडाैं, माघ १४ ।
माया प्रेम तन मनबाट निस्कने भएकाले सबैले आफ्नो माया हृदयबाट निकालेर जसले माया गर्छ उसैलाई सुम्पेको हुन्छ । माया बिना संसार शून्य जस्तो हुने भएकाले हजार लाख जति मान्छे भए तापनि माया साटासाट गर्नुपर्ने हुन्छ । आफूले आफैँलाई माया गरेर मात्र चल्दैन याे दुनियाँ । हरेक मान्छेले माया गर्न जरुरी हुन्छ । जिन्दगी त्यसै चल्दैन जिन्दगी तब मात्रै चल्छ जब एकलाई अर्कोले माया गर्छ । रमाइलो गर्दै जिउन एकले अर्कोलाई माया गर्नुपर्ने भएकाले पनि होला । गायिका मिलन अमात्य र सुरेन्द्र महर्जनको स्वरमा रहेको ”मनको ढोका खोलेर माया साटौँ है, मनको ढोका खोलेर सँगै बाँचौँ है ।” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा संगीतकार राम कार्कीको सङ्गीत रहेको छ भने म्यूजिक भिडियोको निर्देशक रोशनकुमार श्रेष्ठबाट निर्देशन गरिएको हो । सार्वजनिक भिडियोमा कलाकारहरूमा सम्पदा बाँनिया र प्रदिप खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ । मधुशाला म्यूजिकको तर्फबाट गीतको अडियो बजारमा आएको र भिडियो अमर म्यूजिकबाट सार्वजनिक भएको हो । दृश्य निर्माण सानिध्या फिल्मको रहेको छ । भिडियो सम्पादन सुरेश राउतबाट गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....