ललितपुर महानगरको मतगणनास्थल बाहिर माओवादीद्वारा नाराबाजी

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार १२:१९


ललितपुर, जेठ ८ ।
ललितपुर महानगरपालिकाको मतगणनास्थल बाहिर नाराबाजी भईरहेको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर २१ र २२ को मतगणना सकिँदा माओवादीका उम्मेदवारहरू विजयी भइसक्दा पनि आधिकारिक रूपमा विजेता घोषणा गर्न ढिलाई गरिएको भन्दै नेकपा माओवादीका नेता कार्यकर्ताहरू नाराबाजीमा उत्रिएको हाम्रा लाईभ अफ नेपालका संवाददाताले बताएका छन् ।

२१ नम्बर वडामा माओवादी केन्द्रका रबिन्द्र महर्जन र २२ नम्बर वडामा माओवादीका उम्मेदवार अमिरमान शाक्य विजयी भएका छन् । माओवादी कार्यकर्ताको नाराबाजीका कारण मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मतगणना स्थल बाहिर नाराबाजी भएपनि भित्र २४ र २५ वडाको मतगणना चलिरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....