संसद्को तेस्रो अधिवेशन आजबाट सुरु

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार १४:०४


काठमाडौं, जेठ ८ ।
व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र वाचन गरेर सुनाउनुभएको भएको थियो ।

बैठकमा विभिन्न आन्दोलन तथा सङ्घर्षमा सहादत प्राप्त गर्नुभएका ज्ञात तथा अज्ञात सहिदप्रति दुई मिनेट मौनधारण गरिएको थियो ।

यस्तै, बैठकमा आर्थिक वर्ष २०७४/७५ को आय–व्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि मङ्गलबार विचार विमर्श गर्ने गरी कार्य सूची तय भएको जानकारी गराइयो छ ।

सो छलफल आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा केन्द्रित हुने छ । व्यवस्थापिका–संसद्को अर्को बैठक मङ्गलबार बिहान ११ः०० बजे बस्नेछ ।

आगामी आवको नीति तथा कार्यक्रम यही जेठ ११ गते प्रस्तुत गर्ने सरकारको तयारी छ । राष्ट्रपति भण्डारीले उक्त दिन सरकारको नीति तथा कार्यक्रम संसदसामु प्रस्तुत गर्ने कायक्रम रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....